महोत्तरी, १५ भदौ । विगत १८ दिनदेखि जारी अनिश्चितकालिन मधेश बन्दको कारण महोत्तरी जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार मचेको छ ।a
लामो समयदेखि चलिआएको बन्दका कारण जिल्ला सदरमुकाम जलेश्वरको ७ वटा पेट्रोल पम्पमा पेट्रोल र डिजल पाउन छाडिएको छ । त्यस्तै जिल्लाको पिपरा, रामगोपालपुर, औरही, सुगा, सहोडवा, मनरा, सम्सी, गौशाला सहितका ठाउँमा पनि रहेको पेट्रोल पम्प पनि पेट्रोलियम पदार्थको अभाव भएको जनाइएको छ ।
जिल्लामा पेट्रोयिम पदार्थको अभाव भएपछि मोटरसाईकल चढ्नेहरु भारतको विभिन्न ठाउँबाट पेट्रोल ल्याउन बाध्य भएका छन् भने अधिकाँशले कालो बजारीको मार सहँदै चर्को मुल्यमा पेट्रोल किन्न बाध्य भएका छन् ।
त्यस्तै ढिलो गरी महोत्तरीमा वर्षा भएपछि अहिले किसानहरुलाई धानखेती रोपाई गर्ने चटारो भएको बेला मधेश बन्द हुँदा खेत जोत्न ट्याक्टर चलाउन डीजल पाउन मुस्किल भएकोले किसानहरु थप समस्यामा परेका छन् ।
मधेश बन्दको कारण भएको पेट्रोलियम पदार्थको हाहाकार पछि जलेश्वरमा स–साना पसलेहरु तथा फूटपाथमा केहि व्यक्तिहरुको बन्दीको मौका छोप्दै भारतको विभिन्न ठाउँबाट पेट्रोल ल्याएर व्यापक रुपमा कालो बजारी गरेका छन् ।
सदरमुकाम जलेश्वरमा अहिले पेट्रोल प्रतिलिटर २ सयका दरले पाईन्छ भने जिल्लाका विभिन्न गाउँहरुमा पेट्रोल प्रतिलिटर २ सय ५० पुगेको जिल्लाबासीहरु बताउँछन् ।
त्यस्तै ट्याक्टरवालाहरुले डीजल अभावको कारण किसानहरुको खेती जोत्न मानेका छैनन् जसले ढिलै गरी पानी परेपनि महोत्तरीमा रोपाई हुन नसक्ने भएको छ ।
यसरी जलेश्वर लगायत जिल्लाको अधिकाँश भागमा भएको पेट्रोलियम पदार्थको चरम अभावप्रति स्थानिय प्रशासन वा आन्दोलनकारी मध्ये कसैले पनि कुनै ध्यान नदिएको सर्व साधारणहरुको आरोप रहेको छ ।
साथै पेट्रोलियम पदार्थको कालोबजारी गर्ने व्यक्तिहरुलाई पनि स्थानिय प्रशासनले कारबाही नगरेको प्रति जिल्लाबासीहरु दुःखी भएका छन् ।

0 Comments