काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीलाई रिहा गर्ने तयारीमा सरकार रहेको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले गठबन्धनमा रहेका दलका उम्मेदवारलाई कैलाली–कञ्चनपुरमा जिताउन समस्या देखिएपछि सरकारले चौधरीसँगै टीकापुर घटनाका दोषीलाई रिहाइ गर्ने तयारी गरेको आरोप लगाए।
‘आज किन गर्यो? किनभने गठबन्धनलाई आफ्नो उम्मेदवार जिताउन अप्ठ्यारो पर्यो,’ विगत ५ वर्षदेखि चौधरीको रिहाइका लागि आफूले संसदमा गरेको पहल स्मरण गराउँदै महतोले भने, ‘तिम्रो गठबन्धनको उम्मेदवार त्यो टीकापुरमा, कञ्चनपुर, कैलाली, थरुहटमा जिताउन अप्ठ्यारो पर्यो अनि सौदाबाजी गर्यो। उनलाई केही न्याय दिइएको होइन, सौदाबाजी गरेको हो।’
उनले आफूहरुले चौधरी रिहाइका माग गर्दा राजनीतिक मुद्दा नहुने टीकापुर घटना अहिले कसरी राजनीतिक मुद्दा भनेर प्रश्न पनि गरे।\
0 Comments