राम टावरको उद्घाटन गर्न प्रम कोइराला आज जनकपुर आउदै
प्रमलाई कालो भण्डा देखाइने
जनकपुरधाम, ३० गते असार । जनकपुरको रामचोकमा वर्षौ देखि निर्माणाधिन रहेको राम टावरको उद्घाटन प्रधानमन्त्री सुशिल कोइरालाले गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सहभागी हुन प्रम कोइराला बुधबार जनकपुर आउने कार्यक्रम रहेको छ । रामयुवा कमिटीका अध्यक्ष रामबाबु साहको अध्यक्षतामा एक कार्यक्रम बीच प्रम कोइरालाले राम टावरको उद्घाटन गर्नुहुने छ । उक्त कार्यको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष साहले जानकारी दिनुभएको छ । वर्षौ देखि निर्माणाधिन रहेको उक्त टावरमा घडी समेत लगाइएको छ । यता, जनकपुर आउन लागेका प्रम कोइरालालाई जानकी मेडिकल कलेजका विद्यार्थीहरुले आफुहरुको समस्या समाधानका लागि विरोध स्वरुप हातमा कालोपट्टी बाँधेर विरोध गर्ने कार्यक्रम रहेको विद्यार्थी नेता ज्ञानेन्द्र झाले जानकारी दिनुभयो । साथै मधेश विरोधी स्ंबिधानको मस्यौदा ल्याएको विरोधमा आन्दोलनरत मधेश अधिकार संघर्ष समिति(मास)ले कालो झण्डा देखाउने कार्यक्रम रहेको मासका एक जना सदस्यले जानकारी दिनु भयो । यता, बुधबार हुने प्रधानमन्त्रीको जनकपुरमा हुने कार्यक्रमलाई मध्य नजर राख्दै जनकपुरको सुरक्षा व्यव्स्था अत्यन्त कडा पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।