जनकपुरधाम ।
जनकपुरको अवस्था झनै
तनावग्रस्त हुँदै गएको छ ।
सोमबार प्रहरीको दमनले
आक्रोशित प्रदर्शनकारी
मंगलबार बिहानै देखि
प्रदर्शनमा छन् । उनीहरुले
बिहानैदेखि जनकपुर ठप्प
पारेका छन् ।
चोकचोकमा पुगेर प्रदर्शन
गरिरहेका प्रदर्शनकारी र
प्रहरीबीच ठाँउठाँउमा झडप
भइरहको छ ।
प्रहरी दमनको विरोधमा
मंगलवार प्रदर्शकारीहरुले
जानकी चौकीमा ढुङामुढा
गरेका छन् । जानकी
चौकीमा ढुङामुढा
गरिरहेका प्रदर्शनकारीलाई
तितरबितर पार्न प्रहरीले दुइ
राउण्ड हवाय फायर गरेको छ
। अहिले सो क्षेत्रमा
भागाभाग भएको छ ।
प्रहरीले देवीचौकस्थित
स्थानीयको घरमा पसेर
सर्वसधारणलाई कुटेको
त्यहाँका स्थानीयले आरोप
लगाएका छन् ।
यता मधेश अधिकार संघर्ष
समितिका संयोजक सरोज
मिश्रलाई प्रहरीले
नियन्त्रणमा लिएर कुटपिट
गरेको छ । जनकचौकमा
प्रदर्शन गर्दै गर्दा मिश्र
पक्राउ परेका हुन् ।
व्यापक विरोध र प्रदर्शनपछि
सभासदहरुले सुझाव संकलन गर्न
नमानेको बताइएको छ । प्रमुख
जिल्ला अधिकारी काली
प्रसाद पराजुलीका अनुसार
क्षेत्र १, ३ र ६ मा सभासदहरु
सुझाव संकलन गर्न मानिरहेका
छैनन् ।
सुरक्षा अवस्था फितलो
भएको भन्दै उनीहरुले सुझाव
संकलनमा सहभागी हुन नसकिने
बताएका छन् ।
क्षेत्र नं. १ को यदुकोहामा
पनि अवस्था तनावग्रस्त छ ।
एमाओवादीका नेता श्रवण
बरबरियाले सयौंको नेतृत्व
गर्दै कार्यक्रम बिथोलेका छन्

बरबररियाले क्षेत्र नं. १ को
कार्यक्रम सफल भएको
समाचार प्रति आपत्ती
जनाउँदै सो क्षेत्रमा जनताले
सुझाव नदिएको दाबी गरेका
छन् ।
केहि समय पहिले मात्र बसेको
सभासदहरुको बैठकले जनमत
संकलनको कार्यक्रम स्थगित
गर्ने र्निणय गरेको छ ।
सभासदहरु डराएपछि सुझाव
संकलन गाविस तथा वडाका
सचिव, संविधानसभाका
कर्मचारी र विद्युतिय संचार
माध्यम मार्फत गरिने निर्णय
भएको बताइएको छ ।