काठमाडौ, श्रावण ४ - तराईका जिल्लामा मधेसी दलको चर्को अवरोधबीच संविधानको मस्यौदामाथि सुझाव संकलन गरिएको छ । मस्यौदामाथि सुरुदेखि नै बिरोध जनाउँदै आएको संघीय समाजवादी फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, सदभावना र तराई मधेस सदभावना पार्टीका कार्यकर्ताले ठाउँ ठाउँमा सुझाव संकलनमा अवरोध पुर्याएर बिथोल्ने प्रयास गरेका छन् ।
कतिपय स्थानमा मोहन वैद्य, नेत्रविक्रम चन्द र मातृका यादव नेतृत्वको माओवादी साथै राप्रपा नेपालका कार्यकर्ताले पनि अवरोध गरेका छन् ।
सिरहा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र रौतहटमा एमाले नेता माधवकुमार नेपालमाथि आक्रमणको प्रयास भएको छ । मोरङदेखि पर्सासम्मको १० जिल्लामा सुझाव संकलनको क्रममा झडप भएको छ । पर्सामा एकजना डीएसपी, महोत्तरीमा एकजना इन्सपेक्टरसहित कयौं प्रदर्शनकारी घाइते भएका छन् ।
धनुषा, सप्तरी र रौतहटमा प्रहरीसँगको झडपमा मधेसी दलका कयौं नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् । कतिपय स्थानमा प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको छ । पश्चिम तराईको नवलपरासी, कपिलवस्तु, बाँके र कैलालीमा पनि सुझाव संकलनमा अवरोधको प्रयास गरिएको थियो ।
सुझाव संकलन केन्द्रलाई ब्यारेक बनाएर जनताभन्दा पनि सत्तारुढ दलका कार्यकर्ता जम्मा पारेर सुझाव संकलनको नाटक मात्र रचिएको मधेसी दलले आरोप लगाएको छ ।
सिरहा(तस्विर: भरत जर्घामगर)
सिरहा(तस्विर: भरत जर्घामगर)
धनुषा(तस्विर: श्यामसुन्दर शशि)
रौतहट
रौतहट
महोत्तरी(रविन्द्र उप्रेति)
पर्सा(तस्विरः शंकर आचार्य)
पर्सा(तस्विरः शंकर आचार्य)
रुपन्देही(तस्विरः माधव ढुंगाना)
सप्तरी(तस्विरः जितेन्द्र खडगा)
सप्तरी(तस्विरः जितेन्द्र खडगा)
सर्लाही(तस्विरः अमन कोइराला)
source by: ekantipur
0 Comments